Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मन्त्रीहरूलाई अबको एक महिना मौनब्रत बस्न गगन थापाको सुझाव

मन्त्रीहरूलाई अबको एक महिना मौनब्रत बस्न गगन थापाको सुझाव

  • मंगलवार, श्रावण २९ २०८१

  • 717
    SHARES

  • मन्त्रीहरूलाई अबको एक महिना मौनब्रत बस्न गगन थापाको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका मन्त्रीहरूलाई अबको एक महिना नबोली काममा लाग्न सुझाव दिनुभएको छ ।

    मंगलबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै थापाले मन्त्रीहरूले उद्घाटन र भाषण छाडेर जनताका काममा लाग्न अनुरोध गर्नुभयो। उहाँले त्यसका लागि कुनै छुट्टै कानुन नचाहिने र संविधान संशोधन पनि गर्न नपर्ने भन्दै मात्र मन्त्रीहरूले इच्छाशक्ति राख्नुपर्ने बताउनुभयो ।

    ‘अव साउन सकिनै लाग्यो । साउन राम्रो महिना सकियो । तीर्थ व्रत पनि सकिन लाग्यो । भदौ एक महिना हाम्रा माननीय मन्त्री व्रत लिइदिनुस्’, थापाले भन्नुभयो, ‘के व्रत भन्दा नबोल्ने व्रत । उद्घाटन नगर्ने व्रत ।’ उहाँले अहिले आफूहरू बोल्ने ठाउँमा रहेको र मन्त्रीहरू काम गर्ने ठाउँमा रहेको भन्दै भदौभरि आफूहरू बोल्ने र कामको प्रचार गर्ने बताउनुभयो ।

     


    मंगलवार, श्रावण २९ २०८१०२:५१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij