Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भारतीय उद्योगपति रतन टाटाको निधन

भारतीय उद्योगपति रतन टाटाको निधन

  • बिहिवार, आश्विन २४ २०८१

  • 788
    SHARES

  • भारतीय उद्योगपति रतन टाटाको निधन

    एजेन्सी । भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।

    टाटा भारतको सबैभन्दा प्रतिष्ठित र अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापारीमध्येका एक थिए । टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । जसको वार्षिक कारोबार एक खर्ब डलरभन्दा बढी छ ।

    टाटा सन्सका वर्तमान अध्यक्ष नटराजन चन्द्रशेखरनले उनलाई असामान्य नेता भनेर बताएका छन् । समुहका अध्यक्ष चन्द्रशेखरनले सम्पूर्ण टाटा परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई दूरदर्शी व्यापारी नेता, एक दयालु आत्मा र एक असाधारण मानवको भन्दै प्रशंसा गरेका छन् ।

    रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।


    बिहिवार, आश्विन २४ २०८१०८:०१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij