Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारले बोले र गरेका कुनै पनि प्रतिवद्धताहरु पूरा गर्न सकेन: राजकिशोर यादव

वर्तमान सरकारले बोले र गरेका कुनै पनि प्रतिवद्धताहरु पूरा गर्न सकेन: राजकिशोर यादव

  • बुधवार, कार्तिक २८ २०८१

  • 636
    SHARES

  • वर्तमान सरकारले बोले र गरेका कुनै पनि प्रतिवद्धताहरु पूरा गर्न सकेन: राजकिशोर यादव

    काठमाडौं । जसपा नेपालका नेता राजकिशोर यादवले वर्तमान सरकारले बोले र गरेका कुनै पनि प्रतिवद्धताहरु पूरा नगरेको बताउनुभएको छ ।

    नेपाली कांग्रेस र नेकपा एमालेको समिकरणमा सरकार गठन गर्नु अगाडि जे–जे भनिएको थियो त्यो अुनसार अहिलेसम्म एउटा काम पनि हुन नसकेको पूर्वमन्त्रीसमेत रहनुभएका यादवको भनाइ रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले जनतामा सरकार छ भनेर अनुभुति गराउनका लागि बाढीपहिरोको अवस्थामा सरकार चुकेको समेत आरोप लगाउनुभयो । सरकारबाट पीडितले राहत, उद्धार भन्दा धेरै उपेक्षा पाएको पनि उहाँको तर्क छ ।

    जवजव जनता पिडामा हुन्छन् तवतव सरकार टाढिने र पन्छिने यो पूरानै प्रवृती रहेको नेता यादवको भनाइ छ । सरकार र राजनीतिक दलप्रति जनताको निराशा कम नभएर झन् बढिरहेको उहाँले बताउनुभयो ।

    देशमा भ्रष्टाचार र बेथिती बढिरहदा पनि दोषिलाई कानुनी दायरामा ल्याउन छाडेर पोस्नमा लागिपरेको आरोप लगाउँदै उहाँले यो सरकारले पनि निराश बनाएको स्पष्ट पार्नुभयो ।

    संसदका दुई ठुला दल मिलेर बनेको सरकारबाट सुरुका दिनमा केहि गर्छ की भन्ने आस भए पनि त्यो सबै निरासामा बदलिएको उहाँको भनाइ छ ।


    बुधवार, कार्तिक २८ २०८११०:२८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij