काठमाडौं। भारतको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएके छ। भने अन्य १६ शिशुको अवस्था गम्भीर रहेको छ ।
अधिकारीहरूले बताएअनुसार गएराति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो।
आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो।घटनामा दश जना शिशुको दुखद् मृत्यु भएको उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले बताए।
उनकाअनुसार सात शिशुको सनाखत भएको छ भने तीन जनाको पहिचान हुन सकेको छैन। आगलागीको कारणबारे अनुसन्धान भैरहेको गरी जिम्मेवारविरुद्ध कडा कारबाही गरिनेछ।