काठमाडौं। अस्ट्रेलियामा फेरी भिषण डढेलोको जोखिम बढेको छ। दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर)को जेखिमका कारण वासस्थान नै खाली गर्न आदेश दिइएको छ।
दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले आज अष्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायहरूका लागि आपतकालीन चेतावनी जारी गरेका छन्।
अधिकारीहरुले चेतावनीमा अवस्था धेरै बिग्रन सक्ने र यहि बसेमा आपतकालीन सेवासमेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन्।
मौसम विज्ञान विभागले आज दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ।
मेलबर्नबाट करिब एकसय किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको आगोसँग लड्न २० वटा भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ।