Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ऋषिकेश पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: देव गुरुङ

ऋषिकेश पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: देव गुरुङ

  • शुक्रवार, पौष ५ २०८१

  • 546
    SHARES

  • ऋषिकेश पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: देव गुरुङ

    काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले विचार मिल्ने वामगठबन्धनबीच एकताको प्रयासमा भएको बताउनुभएको छ । समान विचार राख्ने दलसँग एकता गरेर अगाडि बढ्ने कुरामा आफूहरु सकारात्मक भएको उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा नेता गुरुङले माओवादी पार्टी अहिले सरकार ढाल्ने तर्फ नभएर पार्टीलाई जनस्तरमा पु¥याउन र बलियो बनाउनतिर लागेको स्पष्ट पार्नुभयो ।

    संसदका दुई ठुला दल कांग्रेस र एमालेको समिकरणले राम्रो काम गर्छ भन्ने आफूहरुलाई आसा लागेको भए पनि अहिलेसम्म देखिने र भन्न मिल्ने केहि काम नगरेको नेता गुरुङको आरोप रहेको छ । भर्खरै सम्पन्न उपनिर्वाचनको नतिजाले सरकारप्रति जनताको निरासा देखिएको बताउँदै उहाँले आगामी निर्वाचनमा जनताले फैसला गर्ने धारणा व्यक्त गर्नुभयो ।

    यस्तै अर्को प्रसंगमा उहाँले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग्नुभएको छ ।

    पोखरेल पत्नी अन्जला कोइराला मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी छन् । उनलाई पक्राउ गर्न अदालतले पुर्जीसमोत जारी गरिसकेको छ ।

    लेखा समिति सभापतिको पत्नी भएकै कारण अन्जला अनुसन्धानको दायरामा नआएको, शक्तिको चलखेल भएर प्रहरीले नियन्त्रणमा नलिएको दाबी गर्दै यसकारण सभापति पोखरेलले लेखा समितिबाट राजीनामा दिएर पत्नी अन्जलालाई अनुसन्धानको दायरामा ल्याउने बाटो खोल्नुपर्नेमा जोड दिनुभयो ।

    विगतमा यो मामिलामा सभापति पोखरेलले एकै पैसा पनि हिनामिना नभएको भन्ने दाबी गरेको तर अहिले अदालतले पक्राउ पुर्जी जारी गरेकाले नैतिकताका आधारमा पोखरेलले राजीनामा गर्नुपर्ने उहाँको माग रहेको छ ।


    शुक्रवार, पौष ५ २०८१०८:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij