Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकणमा ऋषिकेश पोखरेलले दिए प्रमाण देखाउन माओवादीलाई चुनौती

सहकारी प्रकणमा ऋषिकेश पोखरेलले दिए प्रमाण देखाउन माओवादीलाई चुनौती

  • मंगलवार, पौष ९ २०८१

  • 729
    SHARES

  • सहकारी प्रकणमा ऋषिकेश पोखरेलले दिए प्रमाण देखाउन माओवादीलाई चुनौती

    काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सहकारी ठगी प्रकरणमा प्रमाणसहित दोषि देखिए आफूले राजीनामा दिने बताउनुभएको छ ।

    प्रमाण र तथ्य बिना फैलाइएको गलत हल्लाको भरमा प्रतिपक्षले राजीनामा माग्दैमा नदिने समेत उहाँको अडान रहेको छ । पोखरेल पत्नी अन्जला कोइराला मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी छन् । उनलाई पक्राउ गर्न अदालतले पुर्जीसमोत जारी गरिसकेको छ ।

    यहि प्रकरणमा प्रतिपक्ष माओवादी केन्द्रले पोखरेलले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिन दबाब दिइरहेको छ भने लेखा समिती आफूले पाउने माग गरेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सभापति पोखरेलले माओवादी भनेको देशको न्यायलय नभएकाले उनिहरुले बोल्दैमा आफू अलिकति पनि टसमस नहुने बताउँदै प्रमाण र आधार देखाउन चुनौती दिनुभयो ।

    माओवादीले भने लेखा समिति सभापतिको पत्नी भएकै कारण अन्जला अनुसन्धानको दायरामा नआएको, शक्तिको चलखेल भएर प्रहरीले नियन्त्रणमा नलिएको दाबी गर्दै यसकारण सभापति पोखरेलले लेखा समितिबाट राजीनामा दिएर पत्नी अन्जलालाई अनुसन्धानको दायरामा ल्याउने बाटो खोल्नुपर्नेमा जोड दिदै आइरहेको छ ।


    मंगलवार, पौष ९ २०८११०:०४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij