Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आफ्नै क्रियाकलापका कारण वर्तमान सरकार छिट्टै ढल्छ:अमनलाल मोदी

आफ्नै क्रियाकलापका कारण वर्तमान सरकार छिट्टै ढल्छ:अमनलाल मोदी

  • शुक्रवार, पौष १९ २०८१

  • 658
    SHARES

  • आफ्नै क्रियाकलापका कारण वर्तमान सरकार छिट्टै ढल्छ:अमनलाल मोदी

    काठमाडौं । माओवादी केन्द्रका नेता अमनलाल मोदीले वर्तमान सरकार छिट्टै ढल्ने बताउनुभएको छ । आफूहरु सरकार ढाल्ने चलखेलमा नभएको स्पष्ट पार्दै नेता मोदीले आफ्नै क्रियाकलापले ढल्ने दाबी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता मोदीले सत्तापक्ष दल नेपाली कांग्रेसका धेरै नेताहरु नै सरकार प्रति असन्तुष्ट रहेको देखिएको बताउँदै यो सरकारसँग कोहि पनि सन्तुष्ट नभएको स्पष्ट पार्नुभयो ।

    माओवादी पार्टी यतिबेला जनतामाझ जागरण अभियान चलाउने, जनताको पक्षमा बोल्नेतिर लागिरहेको र जनताको मन जितीरहेको उल्लेख गर्दै उहाँले आगामी ०८४ को निर्वाचनमा जनता माओवादीको पक्षमा देखिने कुरामा कुनै शंका नरहेको दाबी गर्नुभयो ।

    विगतमा भएका केहि कमजोरीहरुलाई रुपान्तरण गर्ने, पार्टीको जनलहरलाई अझैं विश्वास दिलाएर देशमा बढिरहेको विकृती विसंगती, भ्रष्टाचार अन्त्य र सुशासनको पक्षमा कसरी कामगर्न सकिन्छ भन्नेमा आफूहरु यतिबेला केन्द्रित भएको नेता मोदीले दोहो¥याउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता मोदीले पार्टीका नेता कार्यकर्ताहरु सार्वजनिक जग्गा हडपेको पाइएमा, भ्रष्टाचारमा मुछिएको पाइएमा कारवाही गर्ने र निलम्बन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    यस्तै, शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिरने कुरामा सबैभन्दा धेरै आफूहरु खुशी भएको बताउनुभएको छ ।

    सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ ।

    भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो । यस प्रक्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कानुनविपरीत उपभोग भइरहेको भए र सरकारले आफूमातहत ल्याए धन्यवाद आफू दिन तयार रहेको बताउनुभएको छ ।


    शुक्रवार, पौष १९ २०८१०८:४७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij