Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकार आफूहरुको आपराधिक गतिविधि छोप्न बनेको पूर्वमन्त्री चौधरीको आरोप

वर्तमान सरकार आफूहरुको आपराधिक गतिविधि छोप्न बनेको पूर्वमन्त्री चौधरीको आरोप

  • मंगलवार, माघ १ २०८१

  • 598
    SHARES

  • वर्तमान सरकार आफूहरुको आपराधिक गतिविधि छोप्न बनेको पूर्वमन्त्री चौधरीको आरोप

    काठमाडौं । नेकपा एसका नेता मेटमणी चौधरीले वर्तमान सरकार सुशासनको लागि नबनेको आरोप लगाउनुभएको छ ।

    हिजोको दिनमा आफूहरुले गरेको आपराधिक गतिविधिहरुलाई ढाकछोप गर्नका लागि बनेको सरकार भएकाले ६ महिनामा यो बाहेक अरु उपलब्धि र जनताको लागि केहि पनि काम नगरेको नेता चौधरीले आरोप लगाउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता चौधरीले संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको सरकारबाट जनताले धेरै आसा राखेको भए पनि सबै निराशामा बदलिएको दाबी गर्नुभयो ।

    सुशासन दिन नसकेका, लोकतन्त्र जोगाउन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले गफ र भाषण ठुलठुला गरेर आफूले धेरै र राम्रा काम गरेको दाबी गर्नाले जनतालाई झन् निरास बनाएको र विश्वास टुटेको नेता चौधरीको टिप्पणी छ ।

    सरकार गठनको ६ महिनामा सरकार पूर्णरुपमा असफल सावित भएको पनि उहाँको दाबी छ ।

    सत्तापक्षकै नेता सांसदरु सन्तुष्ट नभएकाले ०८४ सम्म चल्छ भन्ने दाबी गर्ने सरकार जतिखेर पनि फुट्न सक्ने पनि नेता चौधरीको भनाइ छ ।


    मंगलवार, माघ १ २०८११२:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij