Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचार मुद्दामा दोषी ठहर, चौध वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचार मुद्दामा दोषी ठहर, चौध वर्षको जेल सजाय

  • शुक्रवार, माघ ४ २०८१

  • 519
    SHARES

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचार मुद्दामा दोषी ठहर, चौध वर्षको जेल सजाय

    काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

    न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भनेकाछन्, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खान दोषी ठहरिएका छन् ।” खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

    भ्रष्टाचारविरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाइपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।

    खान सन् २०२३ को अगष्टदेखि जेलमा हुनुहुन्छ र उहाँमाथि करिब दुई सयवटा मुद्दा लगाइएका छन् । ती मुद्दा उहाँलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन्।


    शुक्रवार, माघ ४ २०८१०२:४३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij