Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संघीय संसद्को हिउँदे अधिवेशन ठिक समयमा आह्वान गरिएको एमाले प्रमुख सचेतक बर्तौलाको भनाइ

संघीय संसद्को हिउँदे अधिवेशन ठिक समयमा आह्वान गरिएको एमाले प्रमुख सचेतक बर्तौलाको भनाइ

  • मंगलवार, माघ ८ २०८१

  • 555
    SHARES

  • संघीय संसद्को हिउँदे अधिवेशन ठिक समयमा आह्वान गरिएको एमाले प्रमुख सचेतक बर्तौलाको भनाइ

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद्को हिउँदे अधिवेशन एकदमै समयमा आह्वान गरिएको बताउनुभएको छ । सरकारले यहि माघ १८ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १ बजेका लागि संसद अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

    संसद् अधिवेशन नबोलाई अध्यादेश ल्याएर शासन चलाउन खोजेको भन्दै सरकारको चौतर्फी आलोचना भएपछि मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय लिएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बर्तौलाले सरकारले ल्याएका अध्यादेश संसद्को पहिलो बैठकमै पेस हुने र १५–२० दिनभित्र त्यहि अध्यादेशसँग जोडिएको प्रतिस्थापन विधेयक सरकारले ल्याउने स्पष्ट पार्नुभयो ।

    हिजो अलपत्र भएका विद्येयकहरुलाई ट्रयाकमा ल्याएर काम लगातार काम गरेर अगाडि बढाउन लागेको उहाँको भनाइ छ ।

    जनसरोकार र राष्ट्रिय सरोकारका विषयहरुमा मुलुकको विकास र संवृद्धि, सुशासन र सामाजिक न्यायका इशयुहरुमा संसद लगातार बहस गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउँदै उहाँले सरकारलाई पनि कानुन र संविधान बमोजिम उत्तरदायिपूर्ण ढंगबाट काम गर्न, जनताप्रति जवाफदेहि भएर काम गर्न संसदबाट लगातार खबरदारी गरिनुपर्ने तर्क गर्नुभयो ।

    यस्तै सांसदहरुले उठाएका विषयबस्तुहरुको, खबरदारीहरु, मागहरुप्रति सरकार स्वभाविक रुपमा जवाफदेहि भएर सम्बोधन गर्न तयारी हुनुपर्नेलगायतका हिसावले पनि संसदलाई विकास गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।

    यस्तै प्रमुख सचेतक बर्तौलाले प्रमुख प्रतिपक्षले विरोधका लागि मात्रै सरकारको विरोध गरिरहेको आरोप लगाउँदै अबको सदनमा उहाँको आवाज र प्रश्नहरु सुन्ने त्यसको जवाफ सरकारले दिन तयार रहेको बताउनुभयो ।


    मंगलवार, माघ ८ २०८१११:५३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij