काठमाडौं । चिनियाँ एआई मोडल डीपसीकले अमेरिकी बजारमा उथलपुथल मच्चाएको छ । कम लागतवाला एआई च्याटबोट डीपसीकको प्रभावले वाल स्ट्रीटमा झट्का लागेको हो ।
जसकारण एनभिडियाको बजार मूल्यमा ५०० बिलियन डलर बढीको नोक्सान भएको छ । ‘डीपसीक’ एप, जसलाई गएको हप्ता लन्च गरिएको थियो । च्याट जीपीटीसहित प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो नै अमेरिकामा सबैभन्दा बढी डाउनलोड गरिएको सस्तो एप हो ।
डीपसीकलाई उसका प्रतिस्पर्धीहरुको लागतको एक अंशका लागि मात्रै विकसित गरिएको थियो ।