काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा आज सहज ढंगले अध्यादेश निर्णायार्थ पेश हुने बताउनुभएको छ ।
सरकारले गर्ने निर्णयकाबारेमा सत्तागठबन्धनमा कुनै पनि मतभेद नरहेको स्पष्ट पार्दै नेता बर्तौलाले अध्यादेश सहजै सभाबाट स्विकृत हुने दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै नेता बर्तौलाले बाहिर आइरहेको जस्तो अध्यादेशका कारण गठबन्धनमा दरार मतभेद देखिएको भन्ने कुरा सत्य नभएको स्पष्ट पार्नुभएको छ ।
सरकारले संविधान बमोजिमनै अध्यादेश जारी गरेकाले प्रतिपक्षले विरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको समेत उहाँको भनाइ छ ।
संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिसभाको बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूले मात्रै बहुमत नपुग्ने भएकाले जसपाको साथ खोजिएको छ । जसपाले समर्थन गर्नेमा नेता बर्तौलाले विश्वास व्यक्त गर्नुभएको छ ।
आजको बैठकमा अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि प्रस्तुन गर्ने कार्यसूची रहेको छ ।