काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले हिजोको वितण्डा रोक्न सरकार चुकेको स्विकार गर्नुभएको छ । हिजो राजावादीले गरेको आन्दोलनले उग्र रुप लिएपछि २ जनाको मृत्यु भएको छ भने निजी सम्पत्तिमा आगजनी र लुटपाट भएको छ । यस्तै आन्दोलनमा कयौं घाइते भएका छन् ।
हिजोको आन्दोलनले हिंसाको रुप लिन्छ भन्ने सरकारले पहिले नै अनुमान गरेर सोहि अनुसार सुरक्षा व्यवस्था कडा बनाउदा बनाउँदै पनि अप्रिय घटना घट्नुले सिंगो देशलाई स्तब्ध बनाएको नेता गिरीको भनाइ छ ।
सकेसम्म हिंसा हुन नदिने गरि र मानविय क्षती केहि पनि नहोस भन्ने ख्याल राखेर संयमता अपनाउन सरकारले गरेको कोशिसलाई मण्डलेहरुले कमजोरीका रुपमा लिएको आरोप लगाउनुभयो । प्रदर्शनकारीहरुले जे गर्दा पनि हुन्छ भन्ने सोचाइले हिजोको अवस्था आएको समेत उहाँको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका गिरीले राजावादीहरुले मच्चाएको वितण्डालाई कुनै पनि मूल्य र स्थितीमा क्षमा दिन नहुने स्पष्ट पार्नुभयो ।
राजावादीहरुको आन्दोलनले सुरक्षाकर्मीमाथि ज्यादती, पार्टी कार्यलय, संन्चारगृहरु तोडफोड र पत्रकारमाथि हमला भएको छ । यो निन्दीय कार्यप्रति उहाँले भत्सर्ना गर्नुभएको छ ।
यो गम्भिर प्रकारणको अपराध भएकोले यस्ता हर्कतहरुलाई सधैभरि सबक सिक्ने गरेर कारवाही गर्नुपर्नेमा उहाँको जोड दिँदै आगामी दिनमा सरकार अझैं कडा रुपमा प्रस्तुत हुनुपर्ने सुझाव दिनुभयो ।
हिजोका दोषिहरुलाई खोजेर कारवाही गर्ने कुरामा सरकार दृढ भएर लाग्नुपर्ने पनि नेता गिरीको भनाइ छ । यस्ता अराजक तत्वलाई कारवाही गर्न नसके अरु खालका अनिष्टहरु पनि आउने उहाँको चेतावनी छ ।
दोषीलाई कारबाही गर्ने सरकारको निर्णय