Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको आशा - ‘रियाल मड्रिडका खेलाडी नेपाल आउने’

प्रधानमन्त्रीको आशा - ‘रियाल मड्रिडका खेलाडी नेपाल आउने’

  • बिहिवार, आषाढ २६ २०८२

  • 784
    SHARES

  • प्रधानमन्त्रीको आशा  - ‘रियाल मड्रिडका खेलाडी नेपाल आउने’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनिस क्लब रियाल मड्रिडका खेलाडी आगामी वर्षसम्म नेपाल आउने आशा रहेको बताउनु भएको छ । बिहीबार सातदोबाटोस्थित नेसनल हाई पर्फमेन्स सेन्टरको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमण जाँदा स्पेनिस क्लबसँग खेलाडीलाई नेपाल ल्याउने कुरा गरेको बताउनु भएको हो ।

    “स्पेनमा संयुक्त राष्ट्रसंघबाट आयोजित एउटा कार्यक्रम थियो, त्यसमा गएको थिएँ । फाइनान्सिङ फर डेभलपमेन्ट भन्ने विषयमा मुख्य कार्यक्रमहरू थियो । र, अरू थुप्रै अन्य कार्यक्रम थिएँ,” ओलीले भन्नुभयो, “तर, त्यो मौकामा मैले एकछिन समय निकालेर रियाल मड्रिडको विश्वकै चर्चित स्टेडियम पनि हेरेँ ।”

    “मैले उहाँहरूलाई भनेको छु, तपाईंहरू नेपालमा भोलेन्टियरली आउनुपर्छ । पैसा हामी तिर्न सक्दैनौँ, एक–डेढ अर्बभन्दा धेरै तिर्नुपर्छ, जुन हामी सक्दैनौँ । सम्भवतः अर्को वर्ष अथवा आउँदो आर्थिक वर्षभित्र हामीले ल्याउन सक्छौँ कि भन्ने मलाई आश पनि लाग्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।


    बिहिवार, आषाढ २६ २०८२०५:१४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij