काठमाडौं । कषि मन्त्री रामनाथ अधिकारीले अनुदानको मल वितरणका लागि पारदर्शी व्यवस्था बनाएको बताउनु भएको छ । कति मल छ, कहाँ कहाँ कति कति पठाइएको छ भन्ने लगायतका विवरण सबैले हेर्न मिल्ने बनाइको उहाँको भनाई छ ।
विगतमा लुकाएर वा पक्षपातपूर्ण तरिकाले मल वितरण गर्ने गरिएको र प्राथमिकतामा पर्नु पर्ने किसानहरुले नपाएर अन्याय भएकोमा अवदेखि न्यायोचित हुने व्यवस्था गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
उहाँले मलका लागि सरकारले छुट्याएको ९८ प्रतिशत रकम मलकै लागि खर्च गरिएको पनि स्पष्ट पार्नुभयो । यस्तै, विगतमा कृषि अनुदान दुरुपयोग गरेकाहरुलाई कारवाही गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्री अधिकारीले बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अनुदान दुरुपयो गरेकाहरुलाई कारवाहीको प्रक्रिया सम्वन्धीत निकायले अन्तिम चरणमा पुरयाएको जानकारी दिनु भएको हो ।
उहाँले आगामी दिनमा कृषिको अनुदानको एक हजार रुपैया पनि दुरुपयोग नहुने व्यवस्था आफूले मिलाएको दावी पनि गर्नुभयो । विगतमा करोडौको अनुदान पहुँचवालाले दुरुपयोग गरेर असली किसानले अनुदान नपाएकोमा अवदेखि खास किसानले अनुदान पाउने र दुरुपयोग गर्नेहरुले नपाउने कडा व्यवस्था गरिएको उहाँको भनाई छ ।
कृषि मन्त्री अधिकारले अवदेखि कसैले पनि निवेदनका भरमा अनुदान नपाउने ठोकुवा गर्नुभयो । यस्तै, मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकहरुका लागि संघीय सरकारले विषेश कार्यक्रम ल्याउने तयारी गरेको छ ।
मधेश प्रदेशलाई प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि विषेश कार्यक्रम ल्याउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिनुभयो ।