Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विहीबार क्यानको बोर्ड बैठक बस्दै, एनपीएलको दोस्रो संस्करण बारे छलफल हुने

विहीबार क्यानको बोर्ड बैठक बस्दै, एनपीएलको दोस्रो संस्करण बारे छलफल हुने

  • बुधवार, श्रावण १४ २०८२

  • 1.2K
    SHARES

  • विहीबार क्यानको बोर्ड बैठक बस्दै, एनपीएलको दोस्रो संस्करण बारे छलफल हुने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार बस्दैछ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन्। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्त छुम्बी लामाले दुई मुख्य विषयहरू एनपीएल र राष्ट्रिय टोलीको विश्वकप यात्रा रहेको बताए। एनपीएलको पहिलो संस्करण गत मंसिर–पुसमा भएको थियो।

    पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल हुने बुझिएको छ। दोस्रो संस्करणका लागि अक्सनको मिति पनि तय भइसकेको छ।नेपाली क्रिकेट टोलीले आगामी अक्टोबरमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको संयुक्त रिजनल फाइनल खेल्दै छ।

    त्यसको तयारीका लागि नेपाली टोली हार भारतमा छ भने केही खेलाडीहरू नेपालमै पनि अभ्यास गरिरहेका छन्।टी–२० विश्वकप छनोटको तयारी र विश्वकपसम्मको यात्राबारे पनि बोर्ड बैठकमा छलफल हुनेछ। नेपाली टोलीले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई खेल पनि खेल्दैछ। त्यस्तै क्यानको वार्षिक क्यालेन्डरबारे पनि छलफल हुने बताइएको छ।

     


    बुधवार, श्रावण १४ २०८२०५:२१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij