Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोदोको माग बढेकाले उत्पादन बढाउन आह्वान

कोदोको माग बढेकाले उत्पादन बढाउन आह्वान

  • शुक्रवार, श्रावण १६ २०८२

  • 734
    SHARES

  • कोदोको माग बढेकाले उत्पादन बढाउन आह्वान

    काठमाडौं । सरकारले पानी कम भएको ठाउँमा पनि उत्पादन हुने र पौष्टीक तथा औषधीय गुण पर्याप्त भएकाले कोदोको उत्पादन र उपभोग बढाउन सबैलाई आह्वान गरेको छ ।

    कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले कोदोको माग बढ्दै गएकाले उत्पादन बढाउन कृषकहरुलाई आह्वान गर्नु भएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले कोदोको उत्पादन र विक्रि वितरणलाई सरकारले पनि उच्च प्राथमिकता दिन थालेको जानकारी दिनुभयो ।

    महानिर्देशक सन्जेलले कोदोलाई विगतमा गरिवले खाने खानाको रुपमा हेरिएपनि अहिले भने ठूला ठूला रेस्टुरेन्ट तथा होटलहरुमा खोजी हुने गरेको बताउनुभयो ।

    कोदोको उत्पादन गर्ने कृषकहरुलाई विषेश सहुलियतको व्यवस्था गर्न लागिएकाले बजारको चिन्ता नगरी ढुक्कसँग कोदोको खेती गर्न पनि उहाँले कृषकहरुलाई आह्वान गर्नुभयो ।

    उहाँले उपभोक्ताहरुलाई पनि औषधीय र पौष्टीक गुण धेरै भएकाले कोदोको उपभोग र किनमेल बढाउन पनि सुझाव दिनुभयो । सरकारले यस बर्षदेखि हरेक बर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउन सुरु गरेको छ ।


    शुक्रवार, श्रावण १६ २०८२०९:०५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij