Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना भाइरस कोठाभित्र १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने विज्ञहरुको चेतावनी

कोरोना भाइरस कोठाभित्र १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने विज्ञहरुको चेतावनी

  • बुधवार, आषाढ २४ २०७७

  • 1.0K
    SHARES

  • कोरोना भाइरस कोठाभित्र १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने विज्ञहरुको चेतावनी

    एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बन्द कोठाभित्र १० मिटरभन्दा लामो दुरीसम्म फैलिनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस बोकेका सूक्ष्म थोपा (ड्रपलेट)हरु बन्द कोठामा १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्छन् ।

    जसको कारण अहिले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले दिएको भौतिक दुरीको नियमले कोरोना भाइरस नियन्त्रण गर्न नसकिने उनीहरुको भनाइ छ । विश्वका ३२ मुलुकका २३९ वैज्ञानिकहरुले डब्ल्यूएचओलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् ।

    वैज्ञानिकहरुका अनुसार बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दुरीसम्म फैलिन सक्छन् । अहिलेसम्म डब्ल्यूएचओले कोरोना भाइरस नियन्त्रणको लागि कम्तीमा एक मिटरको भौतिक दुरी कायम राख्न दिशानिर्देश जारी गर्दै आएको छ ।

    पछिल्लो समय विश्वभरका मुलुकहरु कोरोना भाइरस नियन्त्रण तथा रेष्टुरेन्ट, पसल र सिनेमाजस्ता व्यावसायिक क्षेत्र खोल्न संघर्ष गरिरहेको अवस्थामा वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् ।

    स्रोत : साउथ चाइना मर्निङ पोस्ट


    बुधवार, आषाढ २४ २०७७०२:३२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij