Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकार जनहित र सुशासनका काममा दत्तचित्त छ - रास्वपा सांसद धामी

सरकार जनहित र सुशासनका काममा दत्तचित्त छ - रास्वपा सांसद धामी

  • बुधवार, चैत्र २५ २०८२

  • 181
    SHARES

  • सरकार जनहित र सुशासनका काममा दत्तचित्त छ - रास्वपा सांसद धामी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जनकसिंह धामीले वर्तमान सरकार कुनै पनि खाले ‘स्टन्टबाजी’ मा नभई मुलुकमा विधिको शासन र सुशासन कायम गर्न पूर्ण रूपमा केन्द्रित रहेको बताउनुभएको छ । सरकारका मन्त्रीहरू अहिले आ–आफ्नो मन्त्रालयको कार्ययोजना निर्माण र अध्ययनमा व्यस्त रहेको जानकारी दिँदै उहाँले सरकारको कामको नतिजा जनताले चाँडै महसुस गर्ने दाबी समेत गर्नुभयो ।
    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुराकानी गर्दै धामीले सरकारले गरिरहेका विभिन्न छानबिन र कानुनी प्रक्रियाहरू कुनै प्रतिशोध वा पूर्वाग्रहका आधारमा नभई विशुद्ध कानुनी आधारमा अघि बढाइएको प्रष्ट पार्नुभएको छ । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सरकारले १०० दिने प्राथमिकताका कामहरू सार्वजनिक गरेको र ती कामहरूलाई सफल बनाउन कर्मचारीतन्त्र र आम नागरिकको उत्तिकै साथ आवश्यक रहेको उहाँको भनाई छ । साथै उहाँले कानुनभन्दा माथि कोही पनि नभएको बताउँदै अदालतको आदेश र कानुनी अनुसन्धानलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
    यसैगरी, दूरपश्चिमका गौरवका आयोजनाहरू र सीमा क्षेत्रमा रहेका समस्याका बारेमा प्रधानमन्त्रीसँग छलफल भइरहेको र आफूले संसदमा यी मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण नेपालमा पनि इन्धन र खाद्यान्नको मूल्य बढेको यथार्थलाई स्वीकार्दै उहाँले यसको समाधान र जनतालाई राहत दिन सरकारले आवश्यक पहल गरिरहेको बताउनुभयो । सांसद धामीले रास्वपा सधैं जनताको पक्षमा उभिने र सरकारमा रहेर जनअपेक्षा अनुसारका कामहरू पूरा गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।


    बुधवार, चैत्र २५ २०८२१०:१०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij