Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुशासनको पक्षमा रास्वपा निर्मम छ, कृपावाद सहँदैनौँ - रास्वपा नेता चौलागाईं

सुशासनको पक्षमा रास्वपा निर्मम छ, कृपावाद सहँदैनौँ - रास्वपा नेता चौलागाईं

  • शुक्रवार, चैत्र २७ २०८२

  • 186
    SHARES

  • सुशासनको पक्षमा रास्वपा निर्मम छ, कृपावाद सहँदैनौँ - रास्वपा नेता चौलागाईं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेता मधु कुमार चौलागाईंले आफ्नो पार्टी सुशासनको पक्षमा निर्मम रहेको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै उहाँले श्रम मन्त्रीलाई बर्खास्त गर्ने र स्वास्थ्य मन्त्रीलाई सचेत गराउने पार्टीको कदम सुशासनकै पक्षमा चालिएको स्पष्ट पार्नुभयो ।

    पार्टीको निर्देशन अवज्ञा गरेको र परिवारका सदस्यलाई बिमा समितिको बोर्डमा लिएर गएको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ। रास्वपाले नातावाद र कृपावादलाई कुनै पनि हालतमा स्वीकार नगर्ने भन्दै उहाँले पार्टीले सुरुमै घोषणा गरेको राइट टु रिकलको अभ्यास गरेको बताउनुभयो ।

    उपसभामुख चयनबारे शीर्ष नेताहरूबीच भएको छलफलको आधिकारिक जानकारी पार्टीमा नआइसकेको उहाँको भनाई छ । यसैगरी, पछिल्लो समय भइरहेका पक्राउ र अनुसन्धानबारे बोल्दै नेता चौलागाईंले यो नियमित कानुनी प्रक्रिया भएको बताउनुभयो । अदालतले अनुसन्धान अपुग देखेमा थप अनुसन्धानका लागि म्याद थप्न वा थुनामै राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था रहेको स्मरण गराउनुभयो ।

    प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा भने नयाँ संसद् आएपछि संसदीय सुनुवाइ समिति गठन भइनसकेकोले प्रक्रिया लम्बिएको बताउँदै प्रतिनिधि सभा नियमावली बनेर समिति गठन भएपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्ने र त्यतिन्जेल कायममुकायमबाटै कामकारबाही चल्ने बताउनुभयो ।

     


    शुक्रवार, चैत्र २७ २०८२०९:२५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij