Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बस्तीमाथि होइन, समस्यामाथि डोजर चलाइएको होः सांसद जनक सिंह धामी

बस्तीमाथि होइन, समस्यामाथि डोजर चलाइएको होः सांसद जनक सिंह धामी

  • शनिवार, जेठ ९ २०८३

  • 190
    SHARES

  • बस्तीमाथि होइन, समस्यामाथि डोजर चलाइएको होः सांसद जनक सिंह धामी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जनक सिंह धामीले सरकारले बस्तीमाथि नभई समस्यामाथि डोजर चलाएको दाबी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा कुराकानी गर्दै उहाँले सरकारको डोजर अभियान कसैलाई दुःख दिने नियतले नभई दीर्घकालीन व्यवस्थापन र समस्या समाधानका लागि चालिएको कदम भएको प्रष्ट पार्नुभएको हो ।
    सर्वसाधारणलाई सास्ती दिने सरकारको कुनै उद्देश्य नरहेकाले यस कार्यलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न र विरोध नगर्न उहाँले आग्रह गर्नुभयो । संसद्को गतिरोध र प्रधानमन्त्रीको उपस्थितिलाई लिएर भइरहेका टीकाटिप्पणीबारे बोल्दै सांसद धामीले संसद् पूर्ण रूपमा जिम्मेवार ढंगले चलिरहेको दाबी समेत गर्नुभएको छ । सभामुखले आवश्यकता र नियम अनुसार कार्यसूची तय गरेपछि प्रधानमन्त्री संसद्मा उपस्थित हुने स्पष्ट पार्दै उहाँले प्रधानमन्त्रीले संसद्लाई नटेरेको भन्ने आरोप केवल ’निहुँ खोज्ने बाटो’ मात्र भएको टिप्पणी गर्नुभयो ।
    यस्तै, भन्सार छुट दिने सरकारको हालैको निर्णयबारे उहाँले अल्पकालमा यसबाट केही व्यावहारिक समस्या वा अन्योल देखिए पनि दीर्घकालमा देशको अर्थतन्त्र र जनताका लागि यसले निकै राम्रो प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै सासंद धामीले वर्तमान सरकार, रास्वपा र प्रधानमन्त्रीले देश र जनताको हितविपरीत कुनै पनि गलत नियत नराखेको भन्दै सरकार जनपक्षीय काममा प्रतिबद्ध रहेको प्रष्ट्याउनुभयो ।


    शनिवार, जेठ ९ २०८३०८:४६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij