Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाटै टुङ्ग्याउनुपर्छः पत्रकार धमला

नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाटै टुङ्ग्याउनुपर्छः पत्रकार धमला

  • शनिवार, जेठ २३ २०८३

  • 205
    SHARES

  • नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाटै टुङ्ग्याउनुपर्छः पत्रकार धमला

    काठमाडौँ । वरिष्ठ पत्रकार ऋषि धमलाले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर रहनुपर्नेमा जोड दिँदै दुई देशबीच देखिँदै आएका सीमा विवाद कूटनीतिक माध्यमबाट मात्रै समाधान गर्न सकिने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै धमलाले दुवै देशले अब आर्थिक एजेण्डाहरूलाई अझ बढी प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
    उहाँले नेपाल र भारतबीचका जस्तासुकै समस्या पनि वार्ताको टेबुलमा बसेर नै समाधान गरिनुपर्ने कुरामा जोड दिनुभयो । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ उहाँलाई गरिएको स्वागत एकदमै प्रशंसनीय रहेको धमलाको भनाइ छ ।
    सभापति लामिछानेको उक्त भ्रमणले दुवै देशको आपसी सम्बन्धमा सकारात्मक सङ्केतहरू देखिने आशा उहाँले व्यक्त गर्नुभयो। लामिछानेले परिपक्व तरिकाले कूटनीतिक माध्यमबाट गरेको वार्ता र पहलकदमीले आगामी दिनमा दुई देशबीचको सीमा विवाद लगायतका समस्याहरू निराकरण हुन सक्ने विश्वास समेत पत्रकार धमलाले व्यक्त गर्नुभयो ।


    शनिवार, जेठ २३ २०८३०९:२९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij