Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

“विजयको श्रेय लिनेले पराजयको अपजस पनि बोक्नुपर्छः विष्णु रिजाल

“विजयको श्रेय लिनेले पराजयको अपजस पनि बोक्नुपर्छः विष्णु रिजाल

  • आइतवार, जेठ २४ २०८३

  • 233
    SHARES

  • “विजयको श्रेय लिनेले पराजयको अपजस पनि बोक्नुपर्छः विष्णु रिजाल

    काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा पार्टीले विजय मात्र नभई पराजय पनि भोगेको भन्दै नेतृत्वले दुवैको जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुरा गर्दै नेता रिजालले भन्नुभयो, “विजयको श्रेय लिनेले पराजयको अलिअलि अपजसको भारी पनि बोक्नुपर्छ । “
    “नेता रिजालले पार्टी पुनर्गठन र पुनर्जागरणको मार्गदर्शनका लागि गठित समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने र त्यसकै आधारमा आगामी रणनीतिदेखि नेतृत्वसम्मको विषय निक्र्योल हुने जानकारी दिनुभयो । यो समीक्षात्मक प्रतिवेदनले एमालेभित्रका उल्झन र असन्तुष्टि सम्बोधन गर्ने तथा इतिहासमै पहिलोपटक भोगेको पराजयबारे गहन समीक्षा गर्ने उहाँको भनाइ छ ।
    त्यस्तै, उहाँले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई ’अपुष्ट र अपरिपक्व’ भन्नुभएको छ भने रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणको स्वागतलाई सकारात्मक भन्दै त्यो परिणाममा देखिनुपर्नेमा जोड दिनुभएको छ ।


    आइतवार, जेठ २४ २०८३०८:५५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij