Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २० लाख नाघ्यो, ६५ लाख ६२ हजार बढी निको भए

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २० लाख नाघ्यो, ६५ लाख ६२ हजार बढी निको भए

  • बिहिवार, आषाढ २५ २०७७

  • 1.3K
    SHARES

  • विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २० लाख नाघ्यो, ६५ लाख ६२ हजार बढी निको भए

    काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् ।

    सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोनाका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितको संख्या १७ लाख नाघेको छ । भारतमा पनि सात लाख ४० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

    विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच लाख ४८ हजार ९१४ पुगेको छ । मृत्यु हुनेमा पनि अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा कोरोनाका कारण अहिलेसम्म एक लाख ३२ हजार २९९ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६७ हजार ९६४ पुगेको छ । बेलायतमा अहिलेसम्म ४४ हजार ६०२ जनाको कोरोना भाइरसको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर ६५ लाख ६२ हजार ६७९ संक्रमित निको भइसकेका छन् ।


    बिहिवार, आषाढ २५ २०७७०१:२७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij