काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश –२ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिनुभयो ।प्रदेश –२ मा नेकपाको ३२ जना सांसद् छन् ।
यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड–नेपाल पक्षको दाबी छ ।कुल ३२ जनामध्ये १७ जना सांसद्ले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद् महतोले जानकारी दिनुभएको छ ।
आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने सांसद् महतोले बताउनुभएको छ ।