Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सोताङमै सफल प्रसुति शल्यक्रिया भएपछि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता हट्यो

सोताङमै सफल प्रसुति शल्यक्रिया भएपछि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता हट्यो

  • शुक्रवार, पौष २४ २०७७

  • 1.2K
    SHARES

  • सोताङमै सफल प्रसुति शल्यक्रिया भएपछि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता हट्यो

    सोलुखुम्बु । सोलुखुम्बुकोे सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमै एक गर्भवतीको सफल सल्यक्रिया गरिएको छ । ६ घण्टाभन्दा बढी प्रसूति ब्यथा लागेकी सोताङ गाउँपालिका ५ की चन्द्रीमाया कटेलको बुधबार सल्यक्रियामार्फत प्रसूति गराइएको केन्द्रले जनाएको छ ।

    उहाँलाई ६ घण्टाभन्दा बढी व्यथा लागेपछि बच्चाले दिशा निल्ने खतरा भएका कारण तत्काल अप्रेशन गरेर बच्चा र आमाको ज्यान जोगाउन सफल भएको गाउँपालिका स्वास्थ्य संयोजक श्रीध्वज राईले जानकारी दिनुभयो ।

    गाउँपालिकाले एमडी जिपी डाक्टरको ब्यवस्था गरेसँगै सोताङमै प्रसूतिका लागि सल्यक्रिया हुन थालेको केन्द्रले जनाएको छ । यसअघि सामान्य प्रसूति सोताङमै हँुदै आएको भए पनि जटिल प्रकृतिका वा शल्यक्रिया नै गर्नुपर्ने भए हेलिकोप्टर चार्टर गरी काठमाडौं लानुपर्ने बाध्यता थियो ।

    सुत्केरी जटिल अवस्थामा पुगेपछि गाडीमार्फत जिल्ला अस्पताल फाप्लु ल्याउँदा आमा र बच्चा दुबैलाई ज्यानको जोखिम हुने भएकाले हेलिकोप्टर नै चार्टर गर्दै आएको स्थानीयले बताएका छन् ।

    सोताङमा नै प्रसूति सल्यक्रिया गरिएको यो दोस्रोपटक हो । करिब २ वर्षअघि एक जनाको सल्यक्रिया गरिएको भए पनि त्यसयता डाक्टरको ब्यवस्थापन नहुँदा सेवा बन्द रहेको थियो ।


    शुक्रवार, पौष २४ २०७७११:५२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij