Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छः भानुभक्त ढकाल

जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छः भानुभक्त ढकाल

  • शनिवार, आषाढ २७ २०७७

  • 1.7K
    SHARES

  • जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छः भानुभक्त ढकाल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    २५ औँ विश्व जनसंख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उँहाले जनसंख्या वृद्धिमा सन्तुलन, प्रजनन् स्वास्थ्यमा सुधार, प्रजनन् अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्व लगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताउनुभयो ।

    मन्त्री ढकालले जनसंख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसंख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरूको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताउनभयो ।


    शनिवार, आषाढ २७ २०७७०६:१८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij