Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुई दिन उद्धारमा खटिएका पाइलट तथा चालक दलका सदस्यलाई विश्राम दिइने

दुई दिन उद्धारमा खटिएका पाइलट तथा चालक दलका सदस्यलाई विश्राम दिइने

  • आइतवार, आषाढ २८ २०७७

  • 630
    SHARES

  • दुई दिन उद्धारमा खटिएका पाइलट तथा चालक दलका सदस्यलाई विश्राम दिइने

    काठमाडौं । सोमबार र मंगलबार दुई दिन विदेशमा रहेका नेपालीको स्वदेश फिर्ति रोकिने भएको छ । गत २३ जेठबाट सुरुभएको विदशेमा अलपत्र नेपालीको स्वदेश फिर्तिको क्रममा दुई दिनको विश्राम लिइएको सरकारले बताएको छ ।

    विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ तथा कार्यरत कर्मचरीको विश्रामका लागि २ दिन विदेशबाट चार्टर्ड उडान नहुने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो । उद्धारमा खटिएका जहजाजका पाइलट तथा चालक दलका अन्य सदस्यले पनि दुई दिन विश्राम पाउनेछन् ।

    अहिलेसम्म करिब २२ हजार नेपाली आफ्नै खर्चमा टिकट काटेर चार्टर्ड फ्लाइटबाट फर्किएका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले नेपालबाट उडान गरिरहेका छन् ।

    कुवेतबाट कुवेत सरकारले आममाफी पाएका नेपालीलाई आफ्नै खर्चमा जजिरा एयरलइन्समार्फत नेपाल ल्याइरहेको छ । केही खाडी मुलुकका एयरलइन्समार्फत पनि सम्बन्धित देशका नेपाली नियोगले चार्टर्ड उडान गराएका छन् ।

    अझै पनि विदेशमा नेपाल फर्किन चाहानेको सूचीमा ५० हजार नेपाली छन् । सुरुआतमा उनीहरुलाई क्रमैसँग समस्या हेरेर प्राथमिकतमा आधारमा फिर्ता गर्ने भनिएको थियो । तर, मँहगो टिकट आफैं काट्नुपर्ने र बाटो तथा क्वारेन्टिन खर्च आफैंले गर्नुपर्ने नियमका कारण समस्यामा परेका नेपाली स्वदेश आउन पाएका छैनन् ।


    आइतवार, आषाढ २८ २०७७१२:३५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij