Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपाले सार्वजनिक गर्‍यो एमसीसीबारे सुझावसहितको आधिकारिक धारणा

जसपाले सार्वजनिक गर्‍यो एमसीसीबारे सुझावसहितको आधिकारिक धारणा

यथास्थितिमा पास गर्न नहुने
  • आइतवार, आषाढ २८ २०७७

  • 736
    SHARES

  • जसपाले सार्वजनिक गर्‍यो एमसीसीबारे सुझावसहितको आधिकारिक धारणा

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एससीसीको बारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद भइरहेको बेला जसपाले आफ्नो सुझावसहित धारणा सार्वजनिक गरेको हो ।

    एमसीसीको बारेमा पक्ष र विपक्षमा बहस चलिरहेको बेला जसपा मौन रहँदै आएको थियो । जसपाले आफ्नो प्रवास सङ्गठनमार्फत धारणा सार्वजनिक गर्दै यथास्थितिमा एमसीसी पास गराउन नहुने सुझाव सरकारलाई दिएको छ ।

    एमसीसी सम्झौताका शर्तहरु गम्भीर प्रकृतिका रहेको तथा यसमा उल्लेखित शर्तहरु हेर्दा यो भित्र लुट, अझ भित्र उपनिवेश र बाहिर आर्थिक सहयोगजस्तो देखिने भएकाले यो यथास्थितिमा पास गर्न नहुने संगठनका इन्चार्ज आङकाजी शेर्पाले बताउनभएको छ ।

    एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकाल्दै प्रवास संगठनले सरकारलाई एमसीसी सम्झौता बारेमा विभिन्न सुझाव दिएको छ । जसपा नेपालको विभिन्न २१ वटा देशमा रहेको पार्टी संगठनको यो प्रवास संगठन हो ।

    यो संगठनले एमसीसीका बारेमा अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरेको प्रतिवेदन सरकारलाई मेलमार्फत पठाइएको इन्चार्ज शेर्पाले बताउनुभयो ।


    आइतवार, आषाढ २८ २०७७०३:०४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij