एजेन्सी मेक्सिकोमा नोभेल कोरोना भनइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या इटालीको भन्दा धेरै पुगेको छ । मेक्सिकोमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३५ हजारभन्दा बढी पुगेको छ ।
तर, मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरले आइतबार महामारीको संक्रमण कम हुँदै गएको बताएका थिए । उनले संक्रमणको अवस्था कम हुँदै गए पनि कन्जरभेटिभ मिडियाले त्रास फैलाइरहेको आरोप लगाएका छन् ।
मेक्सिकोमा पछिल्लो २४ घण्टामा २७६ जनाको मृत्यु भएको र ४ हजार ४८२ संक्रमित थपिएका थिए ।
मेक्सिकोमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख पुगेको छ । विश्वमा कोरोना भाइरस संक्रमितको सबैभन्दा धेरै संख्या अमेरिकामा छ भने, दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेका छन् । बीबीसी