Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२ लाख ४१ हजार घुस रकमसहित ४ जना पक्राउ

२ लाख ४१ हजार घुस रकमसहित ४ जना पक्राउ

  • बुधवार, आषाढ १७ २०७७

  • 555
    SHARES

  • खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्लसहित ४ जना घुससहित पक्राउ परेका छन् ।
    उनीहरु २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
    जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ३ सानटडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भनी मल्ल र सव इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
    आयोगका अनुसार मल्ललाई कार्यालय परिसरबाट र सव इन्जिनियर चन्दलाई खटिएको कार्यस्थलबाट नियन्त्रणमा लिइएको हो ।
    अनुसन्धानको सिलसिलामा सव इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे पनि पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
    आरोपमा तीन जना पक्राउ
    दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ सुरु गरेको छ ।
    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीन जनालाई गयराति शान्तिनगर २ बाट पक्राउ गरिएको हो । उनीहरुको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।
    आक्रमणबाट घाइते भएका डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।


    बुधवार, आषाढ १७ २०७७०४:५८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij