Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वमा कोरोना संक्रमिको संख्या एक करोड ३० लाख ४९ हजार नाघ्यो

विश्वमा कोरोना संक्रमिको संख्या एक करोड ३० लाख ४९ हजार नाघ्यो

  • सोमवार, आषाढ २९ २०७७

  • 1.1K
    SHARES

  • विश्वमा  कोरोना संक्रमिको संख्या एक करोड ३० लाख ४९ हजार नाघ्यो

    काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३० लाख ४९ हजार १०६ पुगेको छ । पाँच लाख ७१ हजार ८०७ भन्दा धेरैको ज्यान गएको छ ।

    कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ३४ लाख १३ हजार ९९५ भन्दा धेरै पुगेको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ३७ हजार ७८२ पुगेको छ ।

    अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा १८ लाख ६६ हजार १७६ भन्दा बढी संक्रमित भएकोमा ७२ हजार १५१ भन्दा धेरैको ज्यान गएको छ ।

    यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ । त्यहाँ ८ लाख ७९ हजार ४८७ भन्दा बढीमा संक्रमण भएकोमा २३ हजार १९४ भन्दा धेरैको ज्यान गएको छ । रसियामा ७ लाख ३३ हजार ६९९ भन्दा बढी संक्रमित भएका छन् भने ११ हजार ४३९ जनाको मृत्यु भइसकेको छ ।

    स्पेनमा ३ लाख ९८८ संक्रमित भएकोमा २८ हजार ४०३ भन्दा बढीको मृत्यु भइसकेको छ।बेलायतमा २ लाख ८९ हजार ६०३ संक्रमित भएकोमा ४४ हजार ८१९ जनाको मृत्यु भइसकेको छ ।

    पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ३ लाख २६ हजार ३२६ जना छ भने ११ हजार ८७० जनाको मृत्यु भईसकेको छ ।


    सोमवार, आषाढ २९ २०७७०३:०७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij