Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामकुमारीको पक्राउपछि गगनको प्रतिक्रिया, ‘सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन’

रामकुमारीको पक्राउपछि गगनको प्रतिक्रिया, ‘सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन’

  • बिहिवार, माघ २९ २०७७

  • 1.6K
    SHARES

  • रामकुमारीको पक्राउपछि गगनको प्रतिक्रिया, ‘सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन’

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेसका युवा नेता गगन थापाले आक्रोशित हुनुभएको छ । उहाँले ओली सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौतीसमेत दिनुभएको छ ।

    नेतृ झाँक्री पक्राउ परेलगत्तै फेसबुकमा स्टाटस लेख्दै नेता थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको आरोप लगाउनुभएको छ । सरकारले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोपसमेत उहाँले लगाउनुभएको छ ।

    ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?’ उहिले महाराजा अहिले राष्ट्रपति !’, उहाँले लेख्नुभएको छ, ‘सरकार झ्यालखानाको संख्या थप, किनकि, सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

    ram kumari 2.jpg

    महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । अहिले झाँक्रीलाई बानेश्वरस्थित महानगरीय प्रहरी महाशाखाको कार्यालयमा राखिएको छ ।

    नेतृ झाँक्रीलाईै प्रहरीले राज्यविरुद्ध अपराध गरेको आरोप लगाएको छ । उनीविरुद्ध आज पक्राउ पुर्जी जारी गर्दै महानगरीय अपराध महाशाखाले यस्तो आरोप लगाएको हो ।

    नेतृ झाँक्रीले एक साताअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

    यसअघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि भन्दै प्रहरीले बोलाएको थियो । तर, उहाँ उपस्थित नभएपछि प्रहरीले पक्राउको तयारी गरेको थियो ।

    Capture.PNG

     


    बिहिवार, माघ २९ २०७७०१:४४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij