काठमाडौं । पाँचथरको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ्गले स्थानीय तहलाई अधिकार दिएजस्तो मात्र गरिएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा उहाँले भन्नुभयो, ‘संघ र प्रदेश सरकारबाट अधिकार दिएजस्तो गरियो, अनि फेरि मुठ्याइयो ।’
नगरप्रमुख नेम्बाङ्गले संघ र प्रदेश सरकारले आवश्यक कानून निर्माण नगर्दा पनि तीन तहको सरकारबीचको सहकार्यमा बाधा उत्पन्न भएको बताउनुभयो ।
साथै उहाँले प्रदेश सरकारलाई खारेज गर्न भने नहुने बताउनुभएको छ । बरु प्रदेशहरुलाई शसक्त बनाउनुपर्ने तर खारेज गर्दा संघीयताको मर्म नै नरहेने नेम्बाङ्गको भनाइ छ ।
नगरप्रमुख नेम्बाङ्गसँग गरिएको कुराकानी सुन्नुहोस्