Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सूर्य चिन्हबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई देउवाको आग्रह

सूर्य चिन्हबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई देउवाको आग्रह

  • सोमवार, फाल्गुण ३ २०७७

  • 1.1K
    SHARES

  • सूर्य चिन्हबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई देउवाको आग्रह

    बुटवल – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गर्नुभएको छ ।

    आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने आशंका पैदा भएको देउवाले बताउनुभयो ।

    प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर नभन्ने बताउनुभयो । यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै उहाँले अदालतको निर्णय पर्खिनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ।’

    प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ।’

    उहाँले अघि भन्नुभयो, ‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको छ । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ।’

    निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने देउवाको भनाई छ । यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने तयारी बन्द गरे भइहाल्यो भन्दै उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले जनतालाई भन्नुपर्‍यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु।’

    साथै उहाँले नेकपाको विवादबारे निर्णय नगरेको भन्दै आयोगको आलोचना गर्नुभयो ।

    ‘किन कार्यतालिका किन प्रकाशित गर्दैन? चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले’, उहाँले भन्नुभयो।

    सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै उहाँले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गर्नुभयो । सूर्य चिन्ह नपाए ओलीले चुनाव नगराउने देउवाको आशंका छ।


    सोमवार, फाल्गुण ३ २०७७०४:३८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij