Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोना संक्रमितको संख्या १० लाख बढी

भारतमा कोरोना संक्रमितको संख्या १० लाख बढी

  • शुक्रवार, श्रावण २ २०७७

  • 960
    SHARES

  • भारतमा कोरोना संक्रमितको संख्या १० लाख बढी

    काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनुको संख्या १० लाख तीन हजार ८३२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ३४ हजार ९५६ नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन कोरोना भाइरसका सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । भारतमा निरन्तर कोरोना भाइरसका एकैदिन थपिने संख्याले रेकर्ड बनाइरहेको छ ।

    अहिलेसम्म विश्वभर अमेरिका, ब्राजिल र भारतमा मात्र कोरोना भाइरसका १० लाखभन्दा बढी संक्रमित फेला परेका छन् । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २५ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २५ हजार ६०२ जनाको मृत्यु भइसकेको छ ।


    शुक्रवार, श्रावण २ २०७७०२:२५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij