Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा एमालेको नेपाल समूह सहभागी नहुने

प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा एमालेको नेपाल समूह सहभागी नहुने

  • बुधवार, चैत्र ४ २०७७

  • 990
    SHARES

  • प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा एमालेको नेपाल समूह सहभागी नहुने

    काठमाडौँ – नेकपा–एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहीबारका लागि बोलाएको संसदीय दलको बैठकमा सो पार्टीको नेपाल–खनाल पक्ष सहभागी नहुने भएको छ।

    पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज र भोलि जारी रहने कार्यकर्ता भेलाका कारण आफूहरु सो बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिए।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘प्रधानमन्त्रीले संसदीय दलको बैठक बोलाउनुभएको छ, आज मात्रै एसएमएसबाट बैठकको सूचना आएको थियो तर संसदीय दलका नेता तथा प्रधानमन्त्री र संसदीय दलको कार्यालयलाई पनि आज र भोलि एमाले कार्यकर्ता भेला भएका कारण हामी उपस्थित हुन सक्दैनौँ।’

    उनले अघि भने, ‘यहाँ यो भेलामा अधिकांश नेता, सांसद, संसदीय फाँटका अधिकांशको सहभागगिता भएको जानकारी प्रधानमन्त्रीलाई नभएको होइन । संसदीय दलको बैठकमा जान्छौँ, आपत्ति होइन, तर भेलाको कार्यव्यस्तताका कारण आउन सक्दैनौँ भनेर हामीले विनम्रताका साथ भनेको छौँ।’

    उनले भेला सकिएपछिको अनुकुल समयमा गरिने संसदीय दलको बैठकमा भने आफूहरु सहभागी हुने बताए। भट्टराईले फागुन २८ को निर्णय फिर्ता नलिएसम्म केन्द्रीय कमिटिको बैठकमा पनि आफूहरु सहभागी नहुने बताए।


    बुधवार, चैत्र ४ २०७७०५:४६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij