Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेसको केन्द्रीय निर्वाचन संयोजक अधिकारीद्धारा राजीनामा, कारण अस्पष्ट

काँग्रेसको केन्द्रीय निर्वाचन संयोजक अधिकारीद्धारा राजीनामा, कारण अस्पष्ट

  • शनिवार, चैत्र २१ २०७७

  • 1.6K
    SHARES

  • काँग्रेसको केन्द्रीय निर्वाचन संयोजक अधिकारीद्धारा राजीनामा, कारण अस्पष्ट

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिनु भएको छ ।

    पार्टीको महाधिवेशन गराउने मुख्य जिम्मेबारी पाएको मुख्य पदाधिकारीले नै राजीनामा दिएपछि पार्टी भित्र थप शंका उपशंका उठ्न थालेको छ ।

    पटक पटक महाधिवेशनको मिति तय गर्दै महाधिवेशन सर्दै गइरहेका बेलामा निर्वाचन संयोजक अधिकारीले राजीनामा दिनु भएको हो ।

    उहाँले आकस्मीक रुपमा राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाउदै उहाँले राजीनामा दिनु भएको हो की भन्ने आशंका धेरैले गरेका छन् । तर उहाँ देउवा निकट कै नेता मानिनु हुने भएकाले देउवासँगकै सल्लाहमा उहाँले राजीनामा दिएको अनुमान गरिएको छ ।

    राजीनामाको कारणका बारेमा जिज्ञाशा राख्दा नेता अधिकारीले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको जवाफ दिनुभयो ।

    नेपाली नेटवर्कसँग उहाँले भन्नुभयो, “मेरो कुनै असन्तुष्टि र पार्टीको कारणले होईन, मेरो आफ्नै कारणले मैले नसक्ने भएकाले राजीनामा दिएको हुँ ।”

    उहाँले पार्टी केन्द्रीय समितिमा पेश गर्नु भएको राजीनामा पत्रमा पनि राजिनामा दिनुको कुनै ठोस कारण उल्लेख गर्नुभएको छैन ।

    उहाँको अस्वभाविक राजीनामाले महाधिवेशन फेरि सर्ने संभावना बढेको छ । पार्टी सभापति देउवाले निर्धारित कार्यकाल चार बर्ष भित्र महाधिवेशन गर्न नसकेपछि संविधानमा भएको व्यवस्था अनुसार एक बर्ष म्याद थपेर अहिले महाधिवेशन गर्न लागिएको हो । तर आगामी भदौसम्ममा पनि महाधिवेशन गर्न नसकेमा पार्टीको बैधानिकता नै सकिने अवस्था रहेको छ।

    काँग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन गत फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेपनि महाधिवेशन स्थगित भएको छ ।

    नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ ।

    साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनी उल्लेख छ । यही व्यवस्थालाई उपयोग गरेर पनि काँग्रेसको महाधिवेशन नहुने हो की भन्ने आशंका उत्पन्न भएको छ ।


    शनिवार, चैत्र २१ २०७७०८:४९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij