Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पूर्वधारका क्षेत्रमा टोखा नगरपालिकामा अथाह परिर्वतन : नगर प्रमुख अधिकारी

पूर्वधारका क्षेत्रमा टोखा नगरपालिकामा अथाह परिर्वतन : नगर प्रमुख अधिकारी

  • शनिवार, चैत्र २१ २०७७

  • 1.6K
    SHARES

  • पूर्वधारका क्षेत्रमा टोखा नगरपालिकामा अथाह परिर्वतन : नगर प्रमुख अधिकारी

    काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भौतिक पूर्वधारका क्षेत्रमा नगरपालिकामा अथाह परिर्वतन आएको दाबी गर्नुभएको छ । विगतमा अस्तव्यस्त रहेको क्षेत्रमा आफू निर्वाचित भएपछि अतुलनीय परिवर्तन आएको उहाँले बताउनुभयो ।

    ‘स्थानीय तहको जनप्रतिनिधिका रुपमा हामी निर्वाचित भएर आउनुभन्दा अगडी यो नगरपालिकाको अवस्था अस्तव्यस्त थियो । सडकहरु अत्यन्त जीर्ण थिए । जताततै ढल बग्ने, विभिन्न ठाउँमा डुबान हुने, खानेपानीको अभाव थियो । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रपनि त्यस्तै थिए ।’, नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा प्रमुख अधिकारीले भने, ‘तर मलाई टोखावासीले जुन विश्वासका साथ नेतृत्व सुम्पिनुभयो, त्यसपछि मैले यो अस्तव्यस्तको अवस्थालाई व्यवस्थित बनाएको छु ।’

    नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन एक वडा एक पार्कको नीति घोषणा गरेको र शिलान्यास तथा निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । नगर प्रमुख अधिकारीले कोरोना महामारीविरुद्ध लड्दा स्थानीय सरकरको अनुभूति जनतलाई दिलाएको पनि दाबी गर्नुभयो ।

    नगर प्रमुख अधिकारीसँग गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस्

     

     

     

     


    शनिवार, चैत्र २१ २०७७०३:२२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij