Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीलाई गगनको चुनौती : ‘सत्य–तथ्यमा टेकेर तपाईँसँग जुनसुकै बहस गर्न तयार छु’

ओलीलाई गगनको चुनौती : ‘सत्य–तथ्यमा टेकेर तपाईँसँग जुनसुकै बहस गर्न तयार छु’

  • बिहिवार, चैत्र २६ २०७७

  • 990
    SHARES

  • ओलीलाई गगनको चुनौती : ‘सत्य–तथ्यमा टेकेर तपाईँसँग जुनसुकै बहस गर्न तयार छु’


    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद आएर बहस गर्न चुनौती दिनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले तथ्य र तथ्यांकमा टेकेर बहस गर्न आफू तयार रहेको भन्दै प्रधानमन्त्री ओलीलाई चुनौती दिनुभएको हो ।

    प्रमुख प्रतिपक्षी दलका सांसद थापाले प्रधानमन्त्रीले संसदलाई छलेर बाहिर भाषण गर्दै हिडेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

    ‘हुक्के चिलिमेहरु राखेर तपाईंले माथिबाट ठोक्ने तलबाट ताली बजाउने ? उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘कहाँ चमत्कार भएको छ, संसदमा आउनुस् प्रधानमन्त्रीज्यू बहस गरौँ । संसदलाई छलेर भागेर होइन यहाँ आउनुस् !'

    सांसद थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको आरोप लगाउँदै २ वर्षअघि बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचनासमेत गर्नुभएको छ ।

    ‘केहीदिन भित्रमा प्रधानमन्त्रीले तामाकोशी जलविद्युत आयोजनामा समेत उद्घाटनको यस्तै तमासा देखाउनु हुनेछ’, उहाँको आरोप छ, ‘तर, राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको ध्यान जान सकेको छैन ।’

    सो अवसरमा थापाले नेपालको काम गर्न लगाउने निकायमा समस्या रहेको पनि औंल्याउनुभएको छ । संसदले अहिले दर्जनौं कानून बनाउनुपर्ने आवश्यकत्ता रहेकोसमेत बताउनुभएको छ ।

     


    बिहिवार, चैत्र २६ २०७७०२:५७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij