Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन थपिए ४० हजारभन्दा धेरैमा कोरोना संक्रमित

भारतमा एकैदिन थपिए ४० हजारभन्दा धेरैमा कोरोना संक्रमित

  • सोमवार, श्रावण ५ २०७७

  • 782
    SHARES

  • भारतमा एकैदिन थपिए ४० हजारभन्दा धेरैमा कोरोना संक्रमित

    काठमाडौं । भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजार ४२५ नयाँ संक्रमित फेला परेका छन् ।

    यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका हुन् ।त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २७ हजार नाघिसकेको छ ।

    अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ८१ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा कोरोना भाइरसका सात लाख ८७ संक्रमित निको भएका छन् ।


    सोमवार, श्रावण ५ २०७७०१:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij