Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बलिउडका ७ ठूला फिल्म अनलाइन मार्फत प्रदर्सन गरिदै

बलिउडका ७ ठूला फिल्म अनलाइन मार्फत प्रदर्सन गरिदै

  • बिहिवार, आषाढ १८ २०७७

  • 1.0K
    SHARES

  • बलिउडका ७ ठूला फिल्म अनलाइन मार्फत प्रदर्सन गरिदै

    कोरोना महामारीले फिल्मी क्षेत्रलाई अर्कै मोडतिर डोर्‍याएको छ। कुनै बेला सिनेमा हलमा कयौं महिना कुरेरै फिल्म रिलिज गराउनेहरू अहिले अनलाइनको भर गर्न थालेका छन्। अझ पहिले थोरै बजेटका फिल्म मात्र अनलाइन रिलिज हुन्थे। अब भने धेरै बजेटका ठूला र चल्तीका कलाकारका फिल्म पनि अनलाइनमै रिलिज हुने भएका छन्।

    अनलाइन रिलिज हुने यस्तै एक फिल्म हो बलिउड अभिनेता अक्षय कुमारको 'लक्ष्मी बम।' यो फिल्म 'डिज्ने प्लस हटस्टार'बाट सार्वजनिक हुने भएको भारतीय सञ्चारमाध्यम एनडिटिभीले जनाएको छ।

    एनडिटिभीका अनुसार 'लक्ष्मी बम'का साथै आलिया भट्ट, आदित्य कपुर, सञ्जय दत्त र पूजा भट्टको 'सडक २' पनि अनलाइनमै सार्वजनिक हुनेछ।


    'लक्ष्मी बम' र 'सडक २' का साथै डिज्ने प्लस हटस्टारमा अजय देवगनको 'भुज', अभिषेक बच्चनको 'द बिग बुल', कुनाल खेमूको 'लुटकेस', विद्युत जम्वालको 'खुदा हाफिस' र स्वर्गीय सुशान्तसिंह राजपुतको 'दिल वेचारा' फिल्म सार्वजनिक हुने निश्चित भएको छ।

    यी फिल्महरू 'डिज्ने प्लस हटस्टार'बाट सार्वजनिक गर्ने विषयमा सोमबार भर्चुअल सम्मेलन भएको थियो, जसको नेतृत्व अभिनेता बरुण धवनले गरेका थिए।

    फिल्म हल खुल्ने टुंगो नहुँदा फिल्महरू डिजिटल माध्यमबाट सार्वजनिक हुने ट्रेन्ड बढ्दो छ। डिज्ने प्लस हटस्टारमा जुलाइ २४ मा सुशान्तसिंह राजपुतको 'दिल बेचरा' सार्वजनिक हुनेछ। यो फिल्म भने सुशान्तको सम्झनामा निःशुल्क देखाइने भएको छ।

    बाँकी फिल्मको निश्चित मिति नतोकिए पनि जुलाईदेखि अक्टोबरबीच सार्वजनिक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि अमिताभ बच्चन र आयुष्मान खुरानाको 'गुलाबो सिताबो' पनि डिजिटल माध्यमबाटै रिलिज गरिएको थियो। उक्त फिल्म 'अमेजन प्राइम'बाट सार्वजनिक गरिएको थियो।


    बिहिवार, आषाढ १८ २०७७०९:२१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij