Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बढ्दै कोरोना संक्रमणः निको हुने भन्दा संक्रमित थपिनेको संख्या एक हजारले बढी

बढ्दै कोरोना संक्रमणः निको हुने भन्दा संक्रमित थपिनेको संख्या एक हजारले बढी

  • मंगलवार, आषाढ २२ २०७८

  • 978
    SHARES

  • बढ्दै कोरोना संक्रमणः निको हुने भन्दा संक्रमित थपिनेको संख्या एक हजारले बढी

    काठमाडौँ – नेपालमा लगातार दोस्रो दिन कोरोना संक्रमण निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ ।

    लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।

    मंगलबार २६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् ।

    १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिनजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अविधमा थप २२११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए ।

    यही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।


    मंगलवार, आषाढ २२ २०७८०५:१२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij