Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

“सरकार अव त अति भो” भनेर खबरदारी गर्न गगन थापाको आह्वान

“सरकार अव त अति भो” भनेर खबरदारी गर्न गगन थापाको आह्वान

  • शुक्रवार, श्रावण १६ २०७७

  • 781
    SHARES

  • “सरकार अव त अति भो” भनेर खबरदारी गर्न गगन थापाको आह्वान

    काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकार अव त अति भयो भनेर सरकारलाई खबरदारी गर्न आम नागरिकलाई आह्वान गर्नुभएको छ ।

    कोरोना भाइरसको संक्रमण अत्यन्त तिव्र रुपमा फैलिएपनि सरकारले लापर्वाही गरेको भन्दै उहाँले सरकारले सुन्नेगरी खबरदारी गर्न आह्वान गर्नुभएको हो ।

    सामाजिक सञ्जालहरु मार्फत् उहाँले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सवैले “सरकार अब अति भो” भन्नुपर्ने बेला आएको बताउनुभएको छ ।

    नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको विवादमा अल्झेको, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल आफुले राम्रो काम गरेको छु भन्दै आफै भजन गाउदै हिँडेको टिप्पणी पनि गर्नुभएको छ ।

    मुख्य जिम्मेबार पदाधिकारीहरुलाई नै संक्रमण नियन्त्रणको विषय प्राथमिकतामा नपरेकाले संक्रमणले नराम्रो रुप लिनसक्ने नेता थापाले चिन्ता व्यक्त गर्नुभएको छ ।

    उहाँले कोरोनाको संक्रमण भुसको आगोझैँ फैलिएपनि सरकारले परीक्षणको दायरा नबढाएको र अस्पताल केन्द्रीत तयारी नगरेकोभन्दै आपत्ति जनाउनुभएको छ ।

    नेता थापाले सामाजिक सञ्जालहरुमा लेख्नुभएको छ, “प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त!स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त!‬भुसको आगोझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ, न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटार को पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ – सरकार अब अति भो!”

    पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित र मृत्यु भएकाहरुको संख्या बढ्दै गइरहेको देखिएको छ भने सरकारले परीक्षण घटाएको छ ।
    विज्ञ तथा चिकित्सकहरुले पनि कोरोना भाइरसको संक्रमण डरलाग्दो तरिकाले बढीरहेकाले सरकार र नागरिक सवैले उच्च सतर्कता अप्नाउनु पर्नेमा जोड दिदै आएका छन् ।


    शुक्रवार, श्रावण १६ २०७७०९:२३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij