Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आजदेखि कस्तो रहला देशभरको मौसम ?

आजदेखि कस्तो रहला देशभरको मौसम ?

  • बिहिवार, कार्तिक ४ २०७८

  • 703
    SHARES

  • आजदेखि कस्तो रहला देशभरको मौसम ?

    काठमाडौं - पछिल्लो चार दिनदेखिको झरी आजदेखि थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ ।  

    बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । बिहीबार बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ ।

    दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ । महाशाखाका अनुसार  दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ । 

    शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ।  प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ  ।


    बिहिवार, कार्तिक ४ २०७८०७:२०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij