Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः देशभर आंशिकदेखि सामान्य बदली, यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसमः देशभर आंशिकदेखि सामान्य बदली, यी प्रदेशमा वर्षाको सम्भावना

  • शनिवार, कार्तिक ६ २०७८

  • 630
    SHARES

  • आजको मौसमः देशभर आंशिकदेखि सामान्य बदली, यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ – हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । यद्यपि, आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    प्रदेश १, वाग्मती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले छ । आज राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    भोलि आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।


    शनिवार, कार्तिक ६ २०७८०७:२६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij