Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशमा भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान

बागमती प्रदेशमा भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान

  • बुधवार, कार्तिक १० २०७८

  • 487
    SHARES

  • बागमती प्रदेशमा भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान

    काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोली बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गर्नुभएको छ ।
    मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
    प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले आज प्रदेश प्रमुखसमक्ष राजीनामा दिनुभएको थियोे ।
    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई भोली दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

    हेर्नुहोस् प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति

    bagmati-prov-1.jpg


    बुधवार, कार्तिक १० २०७८०४:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij