Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
राप्रपा महाधिवेशन 

राप्रपा एकता महाधिवेशनको उद्घाटनसत्र सुरु

राप्रपा एकता महाधिवेशनको उद्घाटनसत्र सुरु

  • बुधवार, मंसिर १५ २०७८

  • 832
    SHARES

  • राप्रपा एकता महाधिवेशनको उद्घाटनसत्र सुरु

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ। बुधबार (आज) अपराह्न काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो।

    राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले पानसमा बत्ति बालेर तथा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन सत्रको उद्घाटन गर्नुभएको हो । त्यस्तै, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले झण्डोत्तलन गर्नुभएको थियो ।

    राणा, लोहनी र थापा नेतृत्वका पार्टीहरुबीच एकता भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो । त्यसैले यो महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ। महाधिवेशनमा कमल थापा र राजेन्द्र लिंदेन अध्यक्षको लागि प्रतिस्पर्धाको तयारीमा छन्।

    आजनै बन्दसत्र पनि आरम्भ हुनेछ। नयाँ नेतृत्वको लागि बिहीबार(भोली) निर्वाचन प्रक्रिया चल्ने कार्यतालिका तय भएको छ।

    महाधिवेशनबाट पदाधिकारीमा अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ । निर्वाचनबाट चुनिने १ सय ४९ पदाधिकारी र सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला केन्द्रीय समितिमा रहनेछन् । महिलामा पनि दुई पदाधिकारी र ४७ जना सदस्य मतदानबाटै छानिने प्रस्ताव विधानमा राखिएको छ ।

    मतदाताको नामावली आज नै महाधिवेशन स्थलमा टाँस्ने व्यवस्था मिलाइने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक, पशुपतिशमशेर जबराले सामाजिक र प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नेछन् । त्यस्तै विधान संशोधन सुझाव समितिका संयोजक नीरञ्जन थापाले कार्य सम्पादन समितिको बैठकबाट अनुमोदन गरिएको विधान संशोधनको मस्यौदा बन्द सत्रमा पेस गर्नहुनेछ ।


    बुधवार, मंसिर १५ २०७८०१:३७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij