Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार, हेर्नुहोस् को–को छन् ?

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार, हेर्नुहोस् को–को छन् ?

  • सोमवार, पौष १९ २०७८

  • 1.6K
    SHARES

  • राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार, हेर्नुहोस् को–को छन् ?


    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

    माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा पुन र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    कांग्रेसले प्रदेश १ बाट बस्नेत, वागमतीबाट पौडेल, गण्डकीबाट पन्त, लुम्बिनीबाट शर्मा, कर्णालीबाट पुन र सुदूरपश्चिमबाट मिश्रलाई अघि सार्ने भएको हो । कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाएका उम्मेदवारहरुको नाम अनुमोदन गर्न सानेपामा केन्द्रीय समिति बैठक भर्खरै सुरू भएको छ ।

    आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त हुने १९ सिटका लागि भागबन्डा गरेको थियो । जसअनुसार नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँचरपाँच सिट पाउने सहमति भएको थियो । त्यस्तै जनता समाजवादी पार्टीले दुई र जनमोर्चालाई एक सीट भागमा परेको छ ।


    सोमवार, पौष १९ २०७८०४:१८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij